दशैं तिहारपछि डोजर लगाउँदा के बिग्रिन्थ्यो र ? – पवन प्रजापति
पाेखरा | भदौ २३, २०७९
पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनमा अध्यक्षको दाबेदारी प्रस्तुत गरेका पवन प्रजापतिले महानगरको कदमलाई ‘अशोभनीय’ भनि टिप्पणी गरेका छन् ।
महानगरपालिका आज महेन्द्रपुलमा रहेको संरचनामा डोजर लगाएपछि प्रजापत्तिको उक्त प्रतिक्रिया आएको हो । दशैं तिहारजस्ता चाडपर्व व्यवसायीकालागि केही कमाउने आधार भएको भन्दै उनले त्यतिञ्जेलसम्म कुर्न नसकेकोमा आफु दुखि भएको बताएका छन् ।
भूकम्प, नाकाबन्दी र कोभिडले लामो समयदेखि व्यवसायीहरु मर्कामा परेको र बैंकको ब्याजसमेत तिर्न नसकेकोबेला कमाउने समय डोजर लगाउनु शोभनिय नभएको उनको टिप्पणी छ ।
‘चाडबाड आइसक्यो, केही कमाइएला भनेर व्यवसायीले रिन खोजेर लगानी गरेका छन्’ प्रजापतिले भने ‘त्यतिबेलासम्म कुर्दा महानगरलाई के हानी हुन्थ्यो र ?’
आफु व्यवसायीको पक्षमा रहेको भन्दै उनले ‘वर्षाैदेखि चलेका व्यवसायीहरुलाई एक महिनामात्रै थप्दा के बिग्रन्थ्यो र ?’ भनि सरोकारवाला निकायसमक्ष प्रश्न समेत गरेका छन् ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

